आजको पञ्चाङ्ग

बि.सं. २०७७ मंसिर १८। बिहीवार। इ.सं. 03 December 2020 । शक संवत १९४२ । नेपाल संवत ११४१ कछलाथ्व । प्रमादीदक्षिणायनहेमन्त ऋृतुकार्तिक शुक्लपक्षतिथि तृतीया , १७:४८ बजे उप्रान्त चतुर्थी नक्षत्र आर्द्रा , ११:४७ बजे उप्रान्त पुनर्वशु योग शुभ , ११:१६ बजे उप्रान्त शुक्ल करण भद्रा १७:४८ बजेदेखि वव , २९:५५ बजे उप्रान्त तैतिल चन्द्रराशि मिथुन । आनन्दादी योग काण । दिनमान २६:०६ पला । सूर्योदय ०६:४० बजे । सूर्यास्त बेलुका १७:०६

विश्व अपाङ्ग दिवस

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तानले प्रसन्नता दिलाउनेछन । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । ब्यापार ब्यबसायबाट पनि फाइदा हुनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक मानसम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेकोछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
ब्यापार ब्यबसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सफल गर्ने मौका छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसि रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ।