Menu

थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – आज थप एक हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ् अनुसार आज देशभर २ हजार ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ।

हाल देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित छन् भने ६ सय १६ जना क्वारेन्टिनमा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad