एजेन्सी – हामीले अम्बा खाइरहँदा त्यसको पातको वास्ता गरेका हुदैनौं । तर, अम्बाको पातको रस मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको अध्ययनहरुले देखाएका छन् । 

यी हुन् अम्बाको पातको रस पिउनुका फाइदाहरु 

  • अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजोलाई सफा गर्ने काम गर्दछ । 
  • अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा मिल्छ । 
  • यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो बढाउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ । 
  • अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ । 
  • अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि लागि निकै फाइदाजनक हुन्छ । 
  • अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ ।