यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

१९८० संक्रमित थपिए, ३०४३ जना डिस्चार्ज


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १९८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।

Advertisement
पछिल्लो २४ घण्टामा देशभरमा १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा देशभर निको हुनेको संख्या ३०४३ रहेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टमा विभिन्न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जनाको मृत्यु भएको छ ।