Comments Add Comment

मलेसियाबाट ६ नेपाली सेक्युरिटी गार्डको उद्धार

मलेसियाको अध्यागमन विभागले ६ नेपाली सेक्युरिटी गार्डको उद्धार गरेको छ । रोजगारदाता कम्पनीको श्रम शोषणमा परेका उनीहरूलाई उद्धार गरिएको अध्यागमन विभागले जनाएको हो । पीडित नेपालीहरुलाई एटिप्सम र एम्ला पुत्राजाया अध्यागमन मुख्यालय पेटालिङ्गजाया सेलाङ्गरको रोकथाम डिभिजनले एक अभियान सञ्चालन गरि उद्धार गरिएको बिज्ञप्तिमा उल्लेख छ। गोप्य सूचनाको आधारमा बिभागका प्रहरीहरु पीडित नेपालीहरुलाई बन्धक जस्तै बनाएर राखेको होस्टेल निरीक्षण र चेकजाँच गर्दा उनीहरु फेला परेका थिए ।

पीडितहरूका अनुसार ६ महिनादेखि तलब वा काम नदिएको बताएका छन् । रोजगारदाता कम्पनीले दैनिक जीवनका लागि पनि कुनै सहयोग नगरेको उनीहरुले आरोप लगाएका छन् । उनीहरूलाई सुरक्षा दिएर सुरक्षित घरमा राखिएको र कम्पनी मालिकलाई बोलाइएको विभागले जनाएको छ । कम्पनी र उद्धार गरिएका ती नेपालीहरु को हुन् भन्ने बारे केहि परिचय खुलाएको छैन । मानव बेचबिखनको आरोपमा मानव तस्करी रोकावट तथा ब्यवसाय विरोधी ऐन २००७ को धारा १२ अन्तर्गत अनुसन्धान भइरहेको बिभागका महानिर्देशक दातुक खैरुल दाजामे दौडले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर