Comments Add Comment

असोज ५ देखि लामो दूरीका बस चल्ने, आन्तरिक हवाइ उडान पनि खुल्ने

काठमाडौं – सरकारले स्वास्थ्य मापदण्ड पूरा गरेर असोज ५ गतेदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर लामो दूरीका बस सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

स्वास्थ्य मापदण्ड पूरा गरेर आन्तरिक हवाइ उडान पनि खुला गर्ने निर्णय भएको छ। कोरोना संक्रमण फैलिन नदिन सरकारले गएको चैत ११ देखि लकडाउन गर्दै लामो दूरीका यातायात बन्द गरेको थियो। 

मन्त्रिपरिषद्को बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि सिफारिस नियुक्त गर्ने पनि निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर