काठमाडौं – बिहीबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ । 

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएको थियो ।