काठमाडौं – अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ । यसअघि शुक्रबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको थियो ।