
काठमाडौँ – सुनचाँदीको मूल्य आज पनि घटेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । हिजो सुनको मूल्य प्रतितोला ५ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला २० रुपियाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ र चाँदीको मूल्य १ हजार २ सय ५ रुपियाँ निर्धारण गरिएको छ ।
हिजोे छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय २५ रुपियाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




