यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



कोरोना भाइरसको सङ्क्रमणबाट इजरायलमा एक नेपाली महिलाको मृत्यु भएको छ । कोरोनाले ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी आलोङ लामा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । कोरोनाको कारण मृत्यु भएको र परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ ।

Advertisement
‘यस दुःखको घडीमा हामी मृतात्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछौं’, दूतावासले बिज्ञप्तिमा उल्लेख गरिएको छ। इजरायलमा पछिल्लो समय सङ्क्रमणको अवस्था तीब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ । इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन इजरायलका लागि नेपाली राजदूत डा अन्जना शाक्यले अनुरोध गरेकी छन् ।