काठमाडौं – नेपाली काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । उहाँले शनिबार साँझ ट्वीट गरी सो कुराको जानकारी गराउनु भएको हो ।

थापाले ट्वीटसन्देशमा आफूमा कुनै समस्या नरहेको बताउनु भएको छ ।