क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह फेरि पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग जमैका ७ विकेटले पराजित भएको हो । जमैकाले दिएको १६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

बार्बाडोसका लागि कप्तान जासन होल्डरले सर्बाधिक ६९ रन बनाए भने जोनाथन कार्टरले ४२ तथा मिचेल सान्टनरले ३५ रन बनाए । जमैकाका बलर सन्दीप लामिछाने, ओस्मान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए । लामिछानेले ४ ओभरमा २६ रन दिएर एक विकेट लिएका थिए । सन्दीपले बार्बाडोसका कप्तना होल्डरलाई आउट गरेका थिए । योसँगै सन्दीपले यस सिजनमा ८ खेलमा ११ विकेट लिएका छन् ।