Comments Add Comment

अर्थ तथा सञ्चारमन्त्री खतिवडाले दिए राजीनामा

सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्। डा. खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम शुत्रबार पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिउको छ ।

राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो तत्कालका लागि बन्द भएको छ । प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन्। खतिवडा गैर संसाद कै रुपमा ६ महिनासम्म मन्त्री बनेका हुन् । गएको २० फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यअवधि सकिएको भए पनि खतिवडा अहिले अर्थ र सूचना, प्रविधि एवम् सञ्चार मन्त्रालय सम्हालेका थिए । भदौ २० मा खतिवडाको पद स्वतः सकिने भएपछि उनले शुक्रबार नै राजिनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर