आजको पञ्चाङ्ग

बि.सं. २०७७ भदौ १७ गते सोमवार । इ.सं. 02 September 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलाथ्व । प्रमादीदक्षिणायनवर्षा ऋृतुभाद्र शुक्लपक्षतिथि पूर्णिमा , ०९:३८ बजे उप्रान्त प्रतिपदा। नक्षत्र शतभिषा , १८:३२ बजे उप्रान्त पूर्वभाद्रपदा योग सुकर्मा , १४:१३ बजे उप्रान्त धृति करण वव ०९:३८ बजेदेखि वालव , २२:११ बजे उप्रान्त गर चन्द्रराशि कुम्भ । आनन्दादी योग मानस। दिनमान ३१ घडी ३५ पला । सूर्योदय ०५:४३ बजे । सूर्यास्त बेलुका १८:२१

पञ्चक। पञ्चक। यँया पुन्ही। वंगया–मंगया। काठमाडौं दहचोकस्थित इन्द्रदह–स्नान। भक्तपुरको सिद्धपोखरीमा मेला। सोह्रश्राद्ध सुरु। प्रतिपदा श्राद्ध। कृष्ण प्रणामी– प्राणनाथ–छत्रशाल मिलाप–दिवस। चेपाङहरूको चोनाम पर्व।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वादिष्ट भोजन पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज वोलीको भरमा कार्य सम्पादन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । श्रमको उचित मुल्याङ्कन र कदर हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानातिना समस्यामा अल्झिनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला । – ज्यो.प. नारायणप्रसाद दुलाल