आजको पञ्चाङ्ग

वि.सं. २०७६ मंसिर १८। बुधबार। इ.स. २०१९ डिसेम्बर ४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। अष्टमी, २५:१८ उप्रान्त नवमी। नक्षत्र– शतभिषा, १७:४४ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– हर्षण, १६:१५ बजेउप्रान्त वज्र। करण– भद्रा, १२:१६ बजेदेखि वव, २५:१८ बजेउप्रान्त वालव। आनन्दादिमा मानस योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ६ पला। पञ्चक। गढीमाईमा विशेष पूजा। बुधाष्टमी व्रत। गोरखकाली पूजा। बखुमद।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योगछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मीनमीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोवारमा बिवादपनि आउला, तर भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल