Comments Add Comment

लामो दूरीका यातायात र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द

Photo Souce : Google
Photo Source – google.com

लामो दूरीका यातायात र शैक्षिक संस्था भदौभर नखुल्ने भएका छन्। आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन्

देशमा कोरोन भाइरस तीव्र गतिमा फैलिन थालेपछि मानिसको ओहोरोदोहोर रोक्न र भिड जम्मा हुन नदिन लामो दूरीका यातायात र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द नै राख्‍ने निर्णय भएको ती मन्त्रीले जानकरी दिएका छन्।

साउन ७ गते लकडाउन खुलेसँगै सरकारले शैक्षिक संस्था खुलाउने तयारीस्वरुप सरकारी शिक्षकहरुलाई विद्यालमा हाजिर हुन भनेको थियो। तर लकडाउन खुलेसँगै कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि शैक्षिक संस्था खुल्ने अझै टुंगो भएको थिएन। यस्तोमा भदौ मसान्तसम्म नखुल्ने निर्णय भएको हो।

अर्कातिर लकडाउन हटेसँगै एक जिल्ला भित्र मात्रै सवारीसाधन चल्न थालेका थिए। तर कोरोना फैलिएसँगै देशका अधिकांश स्थानमा अहिले निषेधाज्ञाको अवस्था छ। यस्तो अवस्थामा सरकारले लामो दूरीका यातायात पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय लिएको हो।

सरकारले साउन ७ गतेदेखि लकडाउन हटाए पनि लामो दूरीका यातायात, शैक्षिक संस्था तथा आन्तरिक र बाह्य हवाई उडान खुलाएको थिएन। कोरोना फैलिएपछि खुला गरिएका अन्य व्यवसाय पनि अहिले बन्द भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर