गायक विष्णु भट्ट र गायिका एलिना चौहानको आवाजमा ‘चिलगाडी’ सार्वजनिक (भिडियोसहित)

अनलाइन पत्र संवाददाता२०७७-०५-१२ No Comments

काठमाडौँ – पछिल्लो समयका चर्चित गायक विष्णु भट्ट र गायिका एलिना चौहानको आवाजमा ‘चिलगाडी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत स्वयम गायक भट्टको रहेको छ ।

बिदेसिनुको पिडा अनि बाध्यताको कथालाई शब्दमा उतारिएको गीतमा वीरेन्द्र धामीको छायाङ्कन, सम्पादन र निर्देशन रहेको छ ।

ओम सुनारको एरेन्ज रहेको भिडियो सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। भट्टले यसअघि हिँड कालापानी भन्ने राष्ट्रिय भाव झल्कने गीत बजारमा ल्याएका थिए।

भिडियो हेर्नुस् :

Chat Icon
Ad
Ad