फेरि घट्यो सुनको भाउ

अनलाइन पत्र संवाददाता२०७७-०५-१२ No Comments

काठमाडौं – सुनको भाउ घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ९ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँ रहेको थियो । चाँदीको भाउ भने प्रतितोला १३ सय ४५ रुपैयाँ थियो । 

Ad
Ad