काठमाडौं – बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पश्चिम नेपालको बझाङ केन्द्र भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । 

उक्त भूकम्प बेलुका ९ बजेर ९ मिनेट जाँदा गएको जनाइएको छ । भूकम्प धक्का डडेल्धुरा, डोटी, अछाम, बाजुरा लगायतका स्थानका महशुस गरिएको जनाइएको छ ।  भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए ।