काठमाडौं – देशभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २७ हजार नाघेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । योसँगै कोरोना संक्रमणमुक्त भइ फर्किनेको संख्या १७ हजार ४९५ पुगेको छ ।

हालसम्म क्वारेन्टिनमा १५ हजार १९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ११ हजार ५२० जनाको पीसीआर परीक्षण भएको छ । देशभर ९ हजार ६३९ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार चलिरहेको छ ।

https://www.facebook.com/mohpnep/videos/1724258401071528/?t=0