काठमाडौं – नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ १३० जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६१३ जना पुगेको छ भने कुल १३ हजार १२८ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । आइतबार मात्रै ७५ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ रहेको छ ।