Comments Add Comment

विक्रम बरालको ‘भन्थे बाजेले…’ सार्वजनिक (भिडियो)

काठमाडौं – विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले…’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले…’को भिडियो सार्वजनिक भएको हो ।

शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् ।

अर्जुन तिवारीले छायाँकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतको भिडियो टुवेल्थ टोन्स मार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर