काठमाडौं – नेपालमा आज राति १२ बजेदेखि लकडाउन खुल्ने भएको छ । यो सँगै सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्‍चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्‍चारमन्त्री एवं सरकारका प्रवत्ता डा. युवराज खतिवडाले पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय पछि गरिने जानकारी दिनुभयो ।