Coronavirus COVID-19

आजकाे माैसमी अपडेट : धेरै स्थानमा वर्षाको सम्भावना

[Ads]

काठमाडाैं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले दैनिक वर्षा भइरहेकाे छ । बुधबार देशभर सामान्य बादल लाग्ने र सुदूर पश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का धेरै स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ।

Advertisement

बुधबार दिउँसाे देशका सबै प्रदेशमा सामान्य बादल लाग्ने र धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जानकारी दिएकाे छ ।

त्यस्तै राति पनि हल्कादेखि मध्य वर्षाकाे सम्भावना रहेकाे छ । महाशाखाका अनुसार  बुधबार राति देशको सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

केही स्थानमा मुसलधारे वर्षाकाे पनि सम्भावना भएकाले बाढी पहिराेबाट बच्न महाशाखाले सर्वसाधारणमा अनुराेध पनि गरेकाे छ ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...