काठमाडौं  नेपालमा यस वर्षको मनसुन भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जुन महिनाको १० तारिखमा भित्रिने मनसुन यसवर्ष दुई दिन ढिला गरी भित्रिएको महाशाखाको भनाइ छ ।

मनुसुन शुरु भएसँगै मौसमी गतिविधि बढ्ने भएकाले हुँदा पूर्व तयारीका साथ सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ । नेपालमा बंगालको खाडी हुँदै मनसुन नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्दछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अुनसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको जनाएको छ।