काठमाडौं – सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ रेकर्ड बनाएको छ ।  नेपाली बजारमा दिनदिनै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

बिहीबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । बुधबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ८८ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार तेजावी सुन प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पन्ध्र रुपैयाले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।