Coronavirus COVID-19

थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

[Ads]

काठमाडौं – नेपालमा थप ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय १६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मकवानपुर हेटौँडा–३ की ५३ वर्षीया महिला र भक्तपुरकी ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।

यस्तै वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा भएको परीक्षणमा बाराको सिमरनगड नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

हेर्नुहोस् प्रेस बिज्ञप्ति

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...