Coronavirus COVID-19

गूगल मीट अब सबैका लागि निःशूल्क

[Ads]

गूगलले आफ्नो मीट प्रडक्टलाई री-इञ्जिनियरिङ गरेको छ ।  विजनेस मिटिङका लागि सुरु भएको यो सेवा अब सबैका लागि निःशूल्क उपलब्ध भएको छ ।

गत मार्चदेखि मीटका एड्भान्स फिरचहरु सबै जी स्वीट प्रयोगकर्ताका लागि निःशूल्क उपलब्ध गराइएको भएयता यसको दैनिक प्रयोग ३० गुणाले बढेको छ । अहिले मीटमा दैनिक तीन अर्ब मिनेट भिडियो मिटिङहरु होस्ट भइरहेका छन् ।

गत महिना प्रतिदिन करिब ३० लाखको दरले नयाँ प्रयोगकर्ताहरु थपिको गूगले जनाएको छ । अब भने कम्पनीले आफ्नो सेवा विश्वभरका सबै मानिसहरु अफर गरेको छ । 

कम्पनीले दुई हप्ता अघि नयाँ मीटको रोलआउटको घोषणा गरेको थियो । जसअन्तर्गत ईमेल एड्रेस भएका जोकोहीले meet.google.com मा साइन अप गरेर मिटिङ होस्ट गर्न सक्नेछन् । साथै मिटिङलाई थप पहुँचयोग्य र सजिलो बनाउन कम्पनीले मीटलाई सिधै जीमेलमा पनि प्रयोग गर्न मिल्ने बनाएको छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...