Comments Add Comment

चट्याङ लागेर तीन जनाको मृत्यु

सांकेतिक तस्विर

सप्तरीमा वर्षासंगै परेको चट्याङ लागेर मंगलबार तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

चट्याङ लागेर सप्तरीको सुरुङ्गा नगरपालिका ३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कंकालिनी नगरपालिका ११ का शुभ नारायण पण्डितकी ४५ वर्षीया श्रीमती शिवसती देवी पण्डित र तिलाठि कोइलाडी गाउँपालिका १ बस्ने लक्ष्मण यादवकी १५ वर्षीया छोरी पुनम कुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चौधरीको खेतमा काम गरिरहेको अवस्थामा र पण्डितको खेतबाट घर फर्किने क्रममा चट्याङ् लागेर मृत्यु भएको बुझिएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पुनमको खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चटयाङ्गबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७, ब्रहमपुरका ४२ वर्षीया देवकी देवी साह ,३८ वर्षीय दिपेन्द्र साह र उनकी ३० वर्षीया श्रीमती सोनी देवी साह घाइते भएका हुन् । खेतमा काम गरिरहेको अवस्थामा चटयाङ्ग पर्दा उनिहरुलाई लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर