Coronavirus COVID-19

महिनावारीमा पेट दुखेमा

महिनावारी हुँदा पेट दुख्नु स्वाभाविक हो । तर, बढी नै पेट दुख्यो भने दुखाइ हटाउने घरेलु उपाय अपनाउन सकिन्छ । यसका लागि जिरा, मह र बेसारको जोहो गर्नुपर्छ । एउटा भाँडोमा पानी राख्ने । त्यसमा जिरा, बेसार र मह हालेर केही बेर उमाल्ने । उमाल्दा भाँडो भित्रको झोल पदार्थ गाढा हुँदै गएपछि यसलाई कपमा हाल्ने र सेलाउन दिने । सेलाएपछि पिउने । दिनमा दुई पटक यसो गर्नाले महिनावारीमा पेट दुख्न कम हुन्छ । साथै पेट सुनिने समस्या पनि कम हुन्छ । मह र बेसामा पाइने इन्फ्लामेन्ट्री गुण पाइन्छ, जसले दुखाइ कम गर्छ । यस्तो पेय पदार्थले रगत सफा गर्न पनि मद्दत गर्छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...