Comments Add Comment

आजबाट काठमाण्डौंमा समय हेरेर मात्र सवारी चलाउन पाईने

काठमाण्डौँमा आजबाट टाईम कार्ड लिएर सवारी साधन चलाउन पाउने भएको छ । लकडाउनका समयमा चल्ने सवारी साधन अब तोकिएको समयमा मात्र सञ्चालन हुन पाउने भएका छन् । महानगरीय ट्राफिक प्रहरीका अनुसार सबै कार्यालय वा संस्थाका सवारी साधन तोकिएको समयमा मात्र चलाउन पाइने छ । अर्थात समय हेरेर मात्र सवारी साधान चलाउन पाइने भएको छ ।कोरोना संक्रमणको जोखिमलाई कम गर्नलाई गरिएको लकडाउनका समयमा सरकारले सञ्चालन अनुमति दिएका कार्यालय, संस्था र सेवाका सवारी साधन तोकिएको समयमा मात्र सञ्चालन गर्न मिल्ने महानगरीय ट्राफिकले जानकारी दिएका छन् ।

एक तिहाइ कर्मचारी मात्र कार्यालयमा हुने भनेर सरकारले निर्णय गरेको हुनाले उनीहरुलाई सरकारी कार्यालय प्रवेशका लागि विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका घर फर्कनका लागि ५ बजेदेखि ६ बजेसम्मको समय निर्धारण गरिएको जानकारी दिएका छन् । त्यस्तै तरकारी र अन्य खाद्यवस्तुवाहक सावरीसाधन विहान १० बजे अघि सञ्चालन गर्नुपर्ने छ । वैंक र वित्तिय संस्थाका सवारी साधन विहान ९ बजेदेखि साढे १० बजेसम्म र घरफर्कनका लागि अपराह्न साढे ३ बजेदेखि ५ बजेसम्मको समयमा निर्धारण गरिएको छ । निर्माण सामाग्री बोकेको हकमा मालबाहक ट्रकरटिपरहरु बेलुका ८ बजेपछि र विहान ६ बजेसम्म उपत्यका छिर्न पाउने महानगरीय ट्राफिक कार्यालयले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर