Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् . २०७७ वैशाख १५ गते को राशिफल

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख १५ गते सोमवार ।  इ.सं. 2020 April 27। शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण । वसन्त ऋृतु वैशाख शुक्लपक्ष तिथि चतुर्थी , १२:०४ बजे उप्रान्त पञ्चमी । नक्षत्र मृगशिरा , २२:१० बजे उप्रान्त आर्द्रा । योग अतिगण्ड , २१:४१ बजे उप्रान्त सुकर्मा । करण भद्रा १२:०४ बजेदेखि वव , २४:०४ बजे उप्रान्त तैतिल । चन्द्रराशि वृष । आनन्दादी योग आनन्द । दिनमान ३२ घडी ४२ पला । सूर्योदय ०५: ३० बजे । सूर्यास्त १८: ३५ बजे ।

Advertisement

ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ ।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।   

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । प्रेममा मनमुटावपनि आउला ।        

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप खेप्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक कार्यबाट सफलताको योग छ । जोश जाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ र त्यसबाट फाईदापनि हुनेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक साथ र सद्भाव बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अकस्मात सफलता हात पर्न सक्छ ।            

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ।    

मीन (दि, दु, , , , दे, दो, चा, चि)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...