Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

Company Register

काठमाडौं – आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ ।

Advertisement

यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले सर्वत र जौको सातु खाने पर्वकोरुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।

यस दिन जौको सातु र खुदो तथा महको सर्वत खाने चलन छ । यसो गर्नाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

यस्तै बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । आज गरिएका सबै सत्कर्मको अक्षय पूण्य प्राप्त हुने विश्वास गरिन्छ । वर्ष भरीको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन पनि भनिन्छ ।

त्यस्तै चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन खोल्ने गरिन्छ । महर्षि बेद व्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...