एसइइ परिक्षामा नेपाली विषय विद्यार्थीलाई सिकाउने उदेश्यले एन्ड्रोइड एप लन्च भएको छ ।

नेपालीको गाइड नामक सो एपमा पढ्ने देखि अभ्यास गर्नेसम्मका सुबिधा छन् । यसमा ब्याकरण अभ्यास, कथा, निबन्ध, जीवनी, सारांस, बर्णविन्यासजस्ता पाठ्यपुस्तकका सामग्रीहरु राखिएका छन् ।

यस एपले एसइइ तयारी गरिरहेका विध्यार्थीहरुलाई छिटो र सजिलो ढंगले पढ्न, बुझ्न र याद गर्न सहयोग पुर्याउद छ । नेपालीको गाइडले अब छिटै अरु विषयका एपहरु पनि ल्याउने तयारी गरिरहेको छ ।