चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को आज जन्मदिन । २०३२ साल चैत २८ गते मकवानपुरमा जन्मेका घिमिरे आज आफ्नो ४६ औँ जन्मदिन मनाएका छन् ।

हास्य कलाकारिताबाट आफ्नो कलाकारिता सुरु गरेका उनी पछिल्लो समय निकै चर्चामा छन् । उनी यति बेला ठुलो पर्दामा निकै जमेका कलाकारमा पर्दछन् । २०५८ सालदेखि कलाकारिता सुरु गरेका केदारले दर्जनौँ सिरियल र चलचित्रमा काम गरिसकेका छन् । उनको माग्ने बुढाको भूमिकाले उनलाई सर्वत्र सफलता दिएको छ ।  

उनको जन्मदिनको अवसर पारेर केदारका सहकर्मी कलाकार दीपक राज गिरीले निकै भावुक भएर शुभकामना दिएका छन् । उनका साथै माग्ने बुढालाई जन्मदिनको शुभकामना दिनेको लर्को लागेको छ । दर्शकको मन जित्न सफल कलाकार केदार घिमिरेलाई हाम्रो तर्फ बाट पनि जन्मदिनको हार्दिक शुभकामना!!