काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएका जापानका कमेडियन केन शिमुराको निधन भएको छ । 

७० वर्षीय शिमुरामा गएको मार्च २३ तारिखमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । उनी कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार भएका छन् । 

उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए । उनले स्ल्यापस्टिक (अस्वभाविक शारीरिक गतिविधि) कमेडियनका रुपमा परिचय बनाएका थिए ।