प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार हुँदै

अनलाइन पत्र संवाददाता२०७६-११-२९ No Comments

काठमाडौं –  गत बुधबार शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ।  

बिहीबार शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखिनीय सुधार भएको बताएको हो।

प्रधानमन्त्री ओलीको पहिलोपटक २०६४ सालमा भारतको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि दोस्रोपटक त्रिवि शिक्षण अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण भएको हो। चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला हिजोनै डिस्चार्ज भएर घर गइसकेकी छिन्।

Chat Icon
Ad
Ad