Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७६ फागुन २७ गते मंगलवारको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ फागुन २७ गते मंगलवारइ.सं. 2020 March 10  । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लाथ्व । परिधावीउत्तरायण शिशिर चैत्र कृष्णपक्षतिथि प्रतिपदा , २१:३२ बजे उप्रान्त द्वितीया । नक्षत्र उत्तरफाल्गुनी , २४:२२ बजे उप्रान्त हस्त । योग शूल , १४:१९ बजे उप्रान्त गण्ड । करण वालव १०:४३ बजेदेखि कौलव , २१:३२ बजे उप्रान्त भद्रा । चन्द्रराशि सिंह । आनन्दादी योग धाता । दिनमान २९।३० । सूर्योदय ६:३१। सूर्यास्त १८:०९ ।

Advertisement

तराईमा होलीपर्व। गणगौरपूजा प्रारम्भ। वसन्त-तैलाभ्यंग (तेल घस्ने)। आँपका मुजुरा खाने दिवस। नालास्थित मत्स्येन्द्रनाथको स्नान (नालान्हवँ)। चँकयात। धुलयाँत। त्रिपुष्कर योग २१:३२ देखि २४:२२ बजेसम्म।

तपाइको आजको  राशीफल                            

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
मनोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद् यात्राको योग छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्दै जानेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
धार्मिक यात्राको योगछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । प्रेमीको सहयोगपनि मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । शुभ कार्यमा सरिक भाईनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्तिको अनुभूति हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पारिवारिक जीवनपनि सन्तोषप्रद रहनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पदीय जिम्मेवारीपनि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मानो वांछित भोजनपनि पाईनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...