Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मौसम : हावाहुरी, चट्याङ र असिनाको सम्भावना

Company Register

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन मुलुकका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावका कारण मेघ गर्जन, चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको जनाएको हो ।

Advertisement

विभागले हाल देशको मध्य तथा पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । विभागले उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउ समेत अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २३ गते (शुक्रबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

फागुन २४ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुई स्थानमा मेघ गर्जन/ चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

फागुन २ गते (आइतबार)

दिउँसोः देशको पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेनेछ। पुर्वी पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...