Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पत्ता लाग्यो कोरोना भाइरस बिरुद्धको भ्याक्सिन

Company Register

विश्वका लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरस विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्तालागेको छ।

Advertisement

चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्तालागाएको  हो।  उनी आफैँले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गरेका थिए। सो क्रममा उनमा कुनै साइड इफेक्ट देखानपरेको उल्लेख छ। साथै सो विद्यालयले उक्त औषधिलाई क्लिनिकल परीक्षण र आम रुपमा उत्पादन गर्नका लागि साझेदारको खोजी गरीरहेको चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले जनाएको छ।

सो टोलीले क्याप्सुलका रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनमिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका छन्। उक्त ‘भ्याक्सिन’लाई मुखबाट लिँदा त्यसले भाइरसलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ कोरोनाको संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने बताइएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...