Comments Add Comment

सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस एजेन्टसँगको अडियो संवाद सार्वजनिक भएसँगै विवादमा तानिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।

संसद वैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनको राजीनामाको अनौपचारिक जानकारी गराएका थिए ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटालाई तुरुन्त बर्खास्त गरी र छानबिनको माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो। टेलिफोन संवादमा मन्त्री बाँस्कोटाले ७० करोड घुस मागेको रेकर्ड सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर