
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । सिनेटबाट महाअभियोगको प्रस्ताव बिफल भएको हो ।
शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२ र विपक्षमा ४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३ र विपक्षमा ४७ मत पाएका थिए ।
विपक्षी डेमोक्रेटहरुले गत डिसेम्बरमा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वार जोए बाइडनलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि महाअभियोग लगाएका थिए।
आगामी नोभम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उनी महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन्। सिनेटमा गएराति भएको मतदानले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका विषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




