वि.सं. २०७६ माघ १०। शुक्रबार। इ.स. २०२० जनवरी २४। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। औंसी, २६:२८ उप्रान्त प्रतिपदा। नक्षत्र– उत्तराषाढा, २६:२९ बजेउप्रान्त श्रवण। योग– वज्र, २६:३१ बजेउप्रान्त सिद्धि। करण– चतुष्पद, १४:१० बजेदेखि नाग, २६:२८ बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– धनु, ७:४२ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २६ घडी ० पला। दर्शश्राद्ध। हलाे बार्ने, निशि बार्ने औंसी। आर्यघाटमा माधवनारायण मेला। नवलपरासीमा त्रिवेणी मेला।
| आजको रासीफल |
| मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) |
| श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । |
| वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) |
| आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । आकस्मिक समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ । |
| मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) |
| मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । |
| कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) |
| आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । |
| सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) |
| अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ । |
| कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) |
| रोमाञ्चक यात्रा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । |
| तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) |
| अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ । |
| वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) |
| आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । |
| धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) |
| आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । |
| मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) |
| बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । |
| कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) |
| मन कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । |
| मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) |
| राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




