Menu

थाइल्याण्डमा प्रियंकाको ब्याचलर पार्टी

नायिका प्रियंका कार्कीले आफ्नो निकटको साथीलाई ब्याचलर पार्टी दिएकी छिन् । उनी ब्याचलर पार्टीका लागि थाइल्याण्ड पुगेकी छिन् ।

उनले इन्स्टाग्राममा केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् । उनले थाइल्याण्ड उड्नु अगाडि ‘कसले विवाह गर्दैछ, पत्ता लगाउनुहोस्’ भन्दै तस्बिर पोस्ट गरेकी थिइन् । प्रियंकाले इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरमा उनीहरु मस्ती मुडमा देखिएकी छिन् ।

करिब दुई वर्ष अगाडी प्रियंकाले नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी थिइन् । लामो समयसम्म विवाह नभएपछि उनीहरुको सम्बन्धमा खटपट आएको भन्ने चर्चा थियो । तर, प्रियंकाले साथीलाई ब्याचलर पार्टी दिएसँगै उनीहरुको विवाहको फागुनमा हुन लागेको चर्चा छ । आयुष्मानसँग प्रियंकाले दोस्रो विवाह गर्न लागेकी हुन् । Source : ramailochha.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad