
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । महाधिवेशनमा मकवानपुरका ७ जना नेताहरुले केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एमाले मकवानपुर ईन्चार्ज रामेश्वर राना, बागमती प्रदेश सदस्य एवं पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ, एमाले बागमती प्रदेश सदस्य एवं प्रतिनिधि सभा सदस्य कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, संविधान सभा सदस्य अनन्त पौडेल, सुभाष चन्द्र ठकुरी, रघुनाथ खुलालले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।
ईन्चार्ज राना र राईले जनजातीबाट केन्द्रिय सदस्यको लागि उम्मेदवारी दिने भएका छन् । दाहाल, ठकुरी र खुलालले खुल्लाबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनेछन् । यसैगरी पौडेलले बागमती प्रदेश भुगोलबाट र श्रेष्ठले महिलाबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी छ । मकवानपुरबाट १९ जना महाधिवेशन प्रतिनिधि बनेर चितवन जाँदैछन् । मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्रबाट ८–८ जना, २ जना मनोनित र एक जना दलित गरेर १९ जना महाधिवेशन प्रतिनिधि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




