Comments Add Comment

टिप्स

List Grid
हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी-२०८० हुँदै

बागमती प्रदेशको राजधानी हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी २०८० हुने भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले चैत्र २ गतेदेखि प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी आयोजना गर्न लागेको हो । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिले ११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यक्ता” भन्ने नाराका साथ प्रदर्शनी गर्न लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा महिला उद्यमी विकास समितिकी सभापति अंकिता सुमार्गीले प्रदर्शनीले महिलाहरुको उद्यमशीलताको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा राखेको बताउनुभयो । प्रदर्शनीमा महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषि …

आज २०८० साल फागुन १८ गते शुक्रबारको राशिफल

आज २०८० साल फागुन १८ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च १ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।
मेष : दैनिकी राम्रो छ । मन खुशी हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ । परिवारबाट साथ र सहयोग मिल्नेछ ।
वृष : दिन राम्रो छ …

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं, १४ फागुन ।  गायक भक्तराज आचार्यको निधन भएको छ। उनको सोमबार निधन भएको संगीतकार हरि लम्सालले बताए। उनका अनुसार आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो। आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ। १९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनका ‘हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ’ लगायत गीत चर्चित छन् २०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।

सुनिल र केकीको ‘अरे भैया’ सार्वजनिक [ भिडियोसहित ]

काठमाडौं – वसन्त थापा र शान्तीश्री परियारको स्वरमा अरे भैया बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत पनि गायक थापाकै रहेको छ। भिडियो निर्देशक सुनिल क्षेत्री र नायिका केकी अधिकारीको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन्।
गीतको म्युजिक भिडियो स्मिता स्नेहा इन्टरटेन्मेन्टको युट्युब च्यालनमार्फत सार्वजनिक भएको हो।

फिल्म ‘चित्रा’ २७ गते देशभरि प्रदर्शनमा आउने

काठमाडौँ – नेपाली फिल्म ‘चित्रा’ यही पुस २७ गते देशभरिका सिनेमाहलमा प्रदर्शनमा आउने भएको छ।
काठमाडौँमा सोमवार गरिएको फिल्मको प्रिमियर शोमा वरिष्ठ कलाकारको उपस्थिति रहेको थियो। ​प्रिमियरमा फिल्म पुस २७ गते देशभरि नै प्रदर्शनमा आउने बताइयो।
फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ। यही फिल्मबाट सन्तोष अधिकारीले नेपाली रजतपटमा डेब्यु गरेका छन्। फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। बाबुछोरीको कथा रहेको ‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाशको साथमा अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेललगायत कलाकारको अभिनय छ।
प्रिमियरपछि सञ्चारकर्मीसँग फिल्म विकास बोर्डका अध्यक्ष …

कमला मगरको पहिलो गीत ‘यो मेरो पिरती’ ले चर्चा बटुल्दै

काठमाडौँ, २ पुस । नेपाली सांगितीक क्षेत्रमा पाइला चालेकी नवगायिका कमला मगरको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘यो मेरो पिरती’ बोलको लोक गीतमा कमलासँगै गायक खेम सेन्चुरीको स्वर रहेको छ । सार्वजनिक गरेकी छन् । रमेस परियारको शब्द र संगीत रहेको गीतको भिडिओ कमला मगर अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतको भिडिओमा लोकप्रिय नायक पुष्प खड्का र कविता नेपालीको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशनमा निमार्ण गरिएको उक्त गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडिओ दुईदिन अघि सार्वजनिक गरिएको हो भने सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।
गोरखा …

रोशन बालुवाको मायाकै संसार’ सार्वजनिक [भिडियोसहित]

काठमाडौं : गायक रोशन बालुवा र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘मायाकै संसार’ सार्वजनिक भएको छ।
शब्द लेखु सहयात्री रहेको गीतमा संगीत रोशन  आफैंले गरेका छन्। मदन खडकाले निर्देशन गरेको उक्त गीतको भिडियोमा उषा उप्रेती र दिनेश तामाङको अभिनय रहेको छ।
करन चैसिरको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्। भिडियो ओएस आर डिजिटलको युटुयूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतकार आशिष कोइरालाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक

गीतकार आशिष कोइरालाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक भएको छ । नेपालको चलचित्र जगतमा एक प्रमुख व्यक्तित्व, उहाँको गीतात्मक क्षमताको लागि मात्र होइन तर डिजिटल प्लेटफर्महरू मार्फत नेपाली सिनेमालाई प्रवर्द्धन गर्नको लागि पनि उनको महत्वपूर्ण कामको लागि परिचित छ र नोभिस आर्ट्स नेपालका निर्देशकका रूपमा उनले उद्योगमा छाप छोडिरहेकै छन् ।
“तिम्रै माया” ले आशिष कोइरालाको बहुआयामिक प्रतिभालाई झलकाएको छ । प्रताप दासको स्वर, सरोज पोखरेलको सङ्गीत र देबेश राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । साजन कटेलको निर्देशन रहेको यस गीतको भिडियोमा समिप ढकाल,बिशम्बर सिलवाल र रोहित …

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो (विवरणसहित)

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल र डिजल र मट्टीतेलको मूल्य घटाएको छ।  आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ। इण्डियन आयल कर्पोरेसनबाट घटेर आएकाले मूल्य घटाइएको निगमले जनाएको छ। नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ।
हेर्नुहोसु मूल्यसूची

Source : thahakhabar.com