Comments Add Comment

सप्तरीमा १४ बुँदे माग राख्दै जेष्ठ नागरिकहरु एक शातादेखि अन्दोलित

सामाजिक सुरक्षा भत्ता अविलम्व वितरण गर्नुपर्ने लगायत १४ बुँदे माग राखेर जेष्ठ नागरिक आन्दोलित भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जेष्ठ नागरिकहरुले गाउँपालिका कार्यालय अगाडी एक साता यता धर्ना जारी राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति छिन्नमस्ताको अगुवाईमा जेष्ठ नागरिकहरुले शुरु गरेको धर्नाका कारण गाउँपालिका कार्यालयको कामकाज समेत प्रभावित भएको छ ।

जेष्ठ नागरिकहरुले गत मंगलवार गाउँपालिका कार्यालय घेराउ गरेर शुरु गरेको चरणवद्ध आन्दोलनमा युवाहरुले समेत समर्थन जनाएका छन् । उनीहरुले वडा भेला–गाउँसभा पारदर्शी ढंगले अविलम्व हुनुपर्ने, गत आर्थिक वर्षको आयव्याय सार्वजनिक हुनुपर्ने, कृषकहरुलाई सुलभ तरिकाले विउ विजन तथा मलखाद्य उपलब्ध हुनुपर्ने लगायतका विभिन्न १४ बुँदे माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर