Breaking
7 Dec 2024, Sat

सावधान : निन्द्रा नलागेर कतै तपाई औषधि सेवन गरिरहनु भएको त छैन ? [ज्यानै जाने खत्तरा]

Couple Sleeping on Opposite Sides of Bed

काठमाडौं । अहिलेको पुस्तामा अनेक प्रकारको मानसिक तनाबले गर्दा निन्द्रा नपर्ने देखि लिएर अनेक समस्या हुने गर्दछ । निन्द्रा परेन भनेर सुत्नका लागि औषधिको सहारा लिने थुप्रै छन् । कोही डाक्टरको सल्लाहमा त कोही सल्लाह विनै यस्ता औषधिको प्रयोग गरिरहेका छन् । यी औषधिले केही समयका लागि राम्रो काम गरेजस्तो अनुभव मिल्छ । औषधि खाएपछि सजिलै निदाउन सकिने हुँदा बढी ‘स्ट्रेस’मा रहने मानिसहरू डाक्टरको सल्लाह विनै औषधि सेवन गर्न थाल्छन् । तर, यस्ता औषधिको सेवन गर्ने बानी स्वास्थ्यका लागि घातक हुन सक्छ । आज हामी यस्तै खत्तराका बारेमा कुरा गर्न गइरहेका छौ । यस्ता छन् निद्रा लाग्ने औषधिको सेवनबाट स्वास्थ्यमा पर्न सक्ने खतराहरू

  • गर्भवती महिलाले निद्रा लाग्ने औषधिको प्रयोग गर्भमा रहेको बच्चाका लागि हानिकारक हुन्छ । धेरैजसा अवस्थामा चिन्ताका कारण निद्रा नलाग्ने हुन्छ । चिन्ता बढ्दै जाँदा गर्भवती महिलाको पेटमा भएको बच्चामा विभिन्न प्रकारका शारीरिक असर पर्न सक्छ । यदि गर्भावस्थामा निद्रा नपर्ने समस्या देखियो भने डाक्टरको सल्लाहअनुसारको औषधि मात्र सेवन गनुपर्दछ ।
  • निद्रा लाग्ने औषधिको प्रयोगले मानिसमा हृदयघातको जोखिम बढ्ने डाक्टरहरू बताउँछन् । यस्तै, वैज्ञानिकहरूका अनुसार निद्रा लाग्ने औषधिको लगातार सेवनले मुटुसम्बन्धी विभिन्न रोगहरू उत्पन्न गर्न सक्छ । यस्ता औषधिको सेवनले रक्तचाप बढ्ने, टाउको दुख्ने, रक्तनलिमा समस्या हुने गर्दछ ।
  • जो मानिस दिनको एक चक्कीभन्दा बढी निद्रा पर्ने औषधि सेवन गर्छन्, ती मानिस कोमामा जाने खतरा बढी हुन्छ । दमको समस्या भएका मानिसमा यस्तो खतरा ज्यादा हुन्छ ।
  • लामो समयसम्म निद्रा पर्ने औषधि प्रयोग गर्ने मानिसको सम्झने शक्ति कमजोर हुने गर्दछ । निन्द्रा पर्ने औषधिले मानिसको मस्तिष्कमा असर गर्छ । जसका कारण मानसिक रोगहरूको जोखिम बढ्छ ।
  • दैनिक निद्रा पर्ने औषधिको सेवन गर्ने मानिसमा आलस्य, थकान देखिने गर्छ । धेरै औषधिको प्रयोग गर्दा भोक पनि हराउँदै जान्छ । यी बाहेक अन्य समस्याहरु पनि आउँन सक्छन् । सामान्यतया एउटा मानिसले कम्तीमा ८ घण्टा प्राकृतिक रुपमा सुत्नुपर्दछ । एजेन्सी
Ad
Ad