Menu

आज वि.सं. २०७६ असोज २९ गतेको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ असोज २९। बुधबार। इ.स. २०१९ अक्टोबर १६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। तृतीया, २९:१९ उप्रान्त चतुर्थी। नक्षत्र– भरणी, १४:२१ बजेउप्रान्त कृत्तिका। योग– वज्र, ६:०९ बजेदेखि सिद्धि, २९:३३ बजेउप्रान्त व्यतीपात। करण– वणिज, १७:०३ बजेदेखि भद्रा, २९:१९ बजेउप्रान्त वव। आनन्दादिमा काण योग। चन्द्रराशि– मेष, २०:४० बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:०५ बजे, सूर्यास्त– १७:३३ बजे र दिनमान २८ घडी ० पला। सर्वार्थसिद्धि योग १४:२१ देखि १७:०३ बजेसम्म र २९:१९ बजेपछि।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमकोपनि उचित मूल्याङ्कन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकासपनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दुरीको लाभदायक यात्रा रहला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नसोचेको ठाउँ बाट धन हात पर्नेछ । नयाँ काममा हात हाल्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

रमणीय र सुखद् यात्राको योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसरपनि प्राप्त हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad