Comments Add Comment

आज वि.सं. २०७६ असोज २८ गते मंगलबारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ असोज २८। मंगलबार। इ.स. २०१९ अक्टोबर १५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। द्वितीया, २८:४० उप्रान्त तृतीया। नक्षत्र– अश्विनी, १२:४९ बजेउप्रान्त भरणी। योग– हर्षण, ६:२३ बजेउप्रान्त वज्र। करण– तैतिल, १६:०९ बजेदेखि गर, २८:४० बजेउप्रान्त वणिज। आनन्दादिमा अमृत योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:०४ बजे, सूर्यास्त– १७:३४ बजे र दिनमान २८ घडी ४ पला। सर्वार्थसिद्धि योग १२:४९ बजेसम्म।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चापनि चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्रपनि कमजोर रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समयछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मन खिन्न हुने स्थिति आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्तापनि बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा हुने छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिपनि भईएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धु–बान्धवबाट सहयोगपनि मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Hamropatro.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर